गड्डाचौकी भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए

Image
Nisarga Hospital

कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भन्दै भट्टलाई जिम्मेवारीबाट हटाएको हो।

CP Hospital Dhangadhi

विभागका अनुसार भट्टलाई तत्कालका लागि त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरिएको छ। विवादसँग सम्बन्धित सार्वजनिक विवरण तथा घटनाक्रमबारे थप अध्ययन आवश्यक रहेकाले विभागले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

Attariya Hospital

भन्सार पास भएर आएको भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भट्ट र एसपी केसीबीच विवाद भएको बताइएको छ। उक्त विषयमा भट्टले सशस्त्र प्रहरी प्रमुख केसीसँग गरेको भनिएको कुराकानीको अडियोसमेत सार्वजनिक भएको थियो।

nawajiwan

सार्वजनिक अडियोमा भट्टले सशस्त्र प्रहरीले रोकेको भारतीय गाडी तत्काल नछोडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई फोन गर्ने चेतावनी दिएको सुनिन्छ। घटनाबारे थप छानबिन तथा अध्ययनपछि विभागले आवश्यक निर्णय लिने जनाएको छ।