पत्रकारितामा सक्रिय पाठकको उम्मेदवारी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा

Image
Nisarga Hospital

लामो समयदेखि खेलकुद पत्रकारितासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेता प्रदीप पाठकले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

लामो समय देखि कैलालीमा पत्रकारितामा सक्रिय रहँदै आएका पाठकले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्। उनले नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य–मान्यता, विचार र आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई थप सबल बनाउन आफ्नो भूमिका रहने बताएका छन्।

पाठकले नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ को प्रवक्ताका रूपमा पाँच वर्ष पार्टीको सांगठनिक भूमिकामा रहेर काम गरिसकेका छन्। पार्टीको संगठन, कार्यकर्ता र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफूले विगतको अनुभवलाई प्रयोग गर्ने उनको भनाइ छ।

nawajiwan
Attariya Hospital

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीले दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा र सक्रियताका साथ निर्वाह गर्ने पाठकले प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेकोसमेत बताएका छन्।

पत्रकारिताको लामो अनुभवबाट समाजका विभिन्न पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै पाठकले पार्टी संगठनलाई जनताका समस्या र अपेक्षासँग जोडेर अघि बढाउन आफूले योगदान गर्ने बताएका छन्।

आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठनलाई थप मजबुत बनाउने अभियानका रूपमा लिएको बताउँदै पाठकले क्षेत्र नं। ५ का कांग्रेस नेता तथा कार्यकर्ताको साथ र विश्वासको अपेक्षा गरेका छन्।