गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बम कैलाली-४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदका उम्मेदवार

Image
Nisarga Hospital

कैलालीः  नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला पुरुष तर्फ) पदमा भोज बहादुर बम ले उम्मेदवारी घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा क्रियाशील बम पार्टीभित्र अनुभवी र समाजसेवी नेताको रूपमा परिचित छन्।

उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्य बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, नेपाली कांग्रेस क्षेत्रीय सदस्य, जिल्ला पार्टी सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै पार्टीका विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।

nawajiwan
Attariya Hospital

राजनीतिसँगै उनी सामाजिक र सहकारी अभियानमा समेत सक्रिय छन्। उनले राष्ट्रिय सहकारी महासंघमा ३ कार्यकाल सफल नेतृत्व गर्दै सहकारी क्षेत्रको विकासमा योगदान पुर्याएका छन्।

हाल नेपाली कांग्रेस पार्टीबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुख को जिम्मेवारीमा रहेका बमले विभिन्न सामाजिक क्षेत्रमा आबद्ध भई समाजसेवाको काम गर्दै आएका छन्।

उम्मेदवारी घोषणा गर्दै बमले भने, “विद्यार्थी कालदेखि आजसम्म पार्टीले दिएको हरेक जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको छु। अब १५औं महाधिवेशनमार्फत कैलाली-४ को आवाज केन्द्रमा पुर्याउन र सभापति गगन थापाको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन मेरो उम्मेदवारी हो। यहाँहरुको अमूल्य सहयोगको अपेक्षा गरेको छु। जय नेपाल !” सभापति गगन थापा निकट मानिने बमको उम्मेदवारीले कैलाली-४ मा चुनावी चहलपहल बढेको छ।