चोरी आरोपमा पक्राउ परेका बैतडीका वडा सदस्य निलम्बित

Image
Nisarga Hospital

बैतडीमा चोरीको आरोपमा पक्राउ परेका दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य विनोद राम लुहार निलम्बित भएका छन्। दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा चोरी गरेको आरोपमा पक्राउ परेपछि नगरपालिकाले लुहारलाई निलम्बन गरेको हो।

CP Hospital Dhangadhi

नगरपालिकाले विज्ञप्ति जारी गर्दै चोरीसम्बन्धी घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धानमा कुनै किसिमको अवरोध वा प्रभाव नपरोस् भन्ने उद्देश्यले लुहारलाई निलम्बन गरिएको जनाएको छ। नगर प्रमुख पुष्करराज जोशीद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दशरथचन्द नगरपालिकाका पदाधिकारीको आचारसंहिता, २०७४ तथा प्रचलित कानुनबमोजिम अनुसन्धान र न्यायिक प्रक्रिया सम्पन्न भई अन्तिम फैसला नभएसम्म कार्यपालिका सदस्यको हैसियतमा कार्यसम्पादन गर्न नपाउने उल्लेख छ।

Attariya Hospital

मुद्दाको अनुसन्धान तथा न्यायिक प्रक्रियाको अन्तिम परिणामका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक निर्णय लिइने नगरपालिकाले जनाएको छ।

nawajiwan

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्टको घरमा चोरी गरेको आरोपमा वडा सदस्य लुहारसहित स्थानीय महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पनि पक्राउ गरिएको थियो। उनीहरूमाथि घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरेको आरोप छ।