धनगढीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन आग्रह

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले ३० वर्षमाथिका सबै नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा असोज ८ गतेदेखि सुरु भएको खोप अभियान असोज २२ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीले जानकारी दिए।

Attariya Hospital

खोप अभियानअन्तर्गत ३० वर्षमाथिका नागरिकलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइँदैछ। नगरप्रमुख हमालले आफूले समेत खोप लगाउँदै अभियानमा सहभागी हुन र संक्रमणबाट सुरक्षित रहन नागरिकलाई आग्रह गरेका छन्।

nawajiwan

उपमहानगरपालिकाले आफ्नो नजिक पर्ने वडा स्वास्थ्य कार्यालयसँग समन्वय गरी खोप लगाउन सबै नागरिकलाई अनुरोध गरेको छ। स्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका नागरिकलाई अभियानको अवधिभित्रै खोप लगाई सुरक्षित रहन आग्रह गरेको छ।