गोदावरीको गौशालामा पराल अभाव: पराल दान गरी सहयोग गर्न नगरपालिकाको अपील

Image
Nisarga Hospital
अत्तरियाः  गोदावरी नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि निर्माण गरिएको गौशालामा परालको अभाव भएपछि सहयोगका लागि नगरवासी तथा किसानहरूलाई हार्दिक अपील गरेको छ। नगरपालिकाको वडा नं. ७ स्थित गोलादेउ सामुदायिक वन लालपुरमा गौशाला निर्माण गरी नगरभित्रका छाडा पशुचौपायाहरूलाई व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको छ।

गौशालामा रहेका ठूलो संख्याका पशुचौपायाका लागि आवश्यक पर्ने आहारा (पराल) को अभाव भएपछि नगरपालिकाले यो सहयोग सम्बन्धी सूचना जारी गरेको हो। हिजोआज केही किसानहरूले धान काटेर पराल नष्ट गर्ने वा जलाउने समेत गरेको पाइएकाले, त्यसो नगरी गौशालाका लागि निःशुल्क पराल उपलब्ध गराउन इच्छुक किसानहरूलाई नगरपालिकाले अनुरोध गरेको छ।
पराल दान गर्न इच्छुक महानुभावहरूले सिधै नगरपालिकाको कार्यालय वा तपसिल बमोजिमका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ:
  • श्री दिलिप कुमार साउद: ९८५८४२७४२८
  • श्री प्रमल सिंह महरा: ९८४८७३९९८२
  • श्री एकराज कँडेल: ९८६५६६०३३१
निमित्त प्रमुख प्रशासकीय अधिकृत हरीश पन्तद्वारा जारी सूचनामा, यस परोपकारी कार्यमा सहयोग पुर्‍याउन सम्पूर्ण इच्छुक नगरवासी तथा किसानहरूमा हार्दिक अनुरोध गरिएको छ।
CP Hospital Dhangadhi