अत्तरियाको नवदुर्गा भगवती मन्दिरमा सात दिन भव्य धार्मिक अनुष्ठान, रामकथा र महाआरती हुँदै

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुर, अत्तरियास्थित नवदुर्गा भगवती मन्दिरमा यस वर्ष शारदीय नवरात्रा दुर्गा पूजा, रामकथा, रामलीला तथा शृङ्गारिक महाआरती–२०८३ आयोजना हुने भएको छ।

CP Hospital Dhangadhi

नवदुर्गा भगवती मन्दिर समितिको आयोजनामा असोज २५ गतेदेखि ३१ गतेसम्म सात दिन धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रमबारे जानकारी दिन शनिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक उत्तम महराले नवरात्राको पहिलो दिन असोज २५ गते बिहान कार्यक्रमको औपचारिक उद्घाटन गरिने जानकारी दिए।

उनका अनुसार सात दिनसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म दुर्गा सप्तशती पाठ तथा पूजा, १०८ शालिग्राम परिक्रमा लगायतका धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्। यस्तै, दिउँसो १ बजेदेखि ४ बजेसम्म कथावाचन, राष्ट्रिय कलाकारद्वारा भजन–कीर्तन, दिव्य झाँकी, आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण गरिनेछ।

nawajiwan

त्यसैगरी साँझ ७ः३० बजेदेखि राति १०ः३० बजेसम्म रात्रिकालीन देवी चर्चा, रामकथा प्रवचन तथा भजन–कीर्तन आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा एक दिनको आरतीकर्ता बन्न ३ हजार १ सय रुपैयाँ तथा ब्राह्मण भोजनका लागि ५ हजार १ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

Attariya Hospital

पत्रकार सम्मेलनका प्रमुख अतिथि गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपालदत्त भट्टले धार्मिक कार्यक्रमले युवा पुस्तालाई धर्म, संस्कार, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले पछिल्लो समय भाषा, संस्कृति, कला, भेषभूषा तथा रीतिरिवाज क्रमशः ओझेलमा पर्दै गएको उल्लेख गर्दै नयाँ पुस्तालाई यस्ता गतिविधिमा जोड्नुपर्नेमा जोड दिए। पछिल्लो समय युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनजस्ता समस्यालाई न्यूनीकरण गर्न पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो।

वडाध्यक्ष भट्टले यस्तो अभियान कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने भन्दै समुदाय, स्थानीय सरकार, धार्मिक संस्था र नागरिक सबै मिलेर अघि बढ्नुपर्ने बताए। उनले कार्यक्रम सफल बनाउन व्यक्तिगत तथा वडा तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।