काठमाडौँमा आजदेखि कांग्रेस महाधिवेशन, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

Image
Nisarga Hospital

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने भोलिदेखि सञ्चालन हुनेछ। पार्टीका अनुसार उद्घाटन समारोहमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

CP Hospital Dhangadhi

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

Attariya Hospital

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ। पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत थप सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले जानकारी दिए।

nawajiwan