सोमबारको व्रत : भगवान शिवको आराधनासँग जोडिएको धार्मिक परम्परा

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार सोमबारलाई भगवान शिवको विशेष दिनका रूपमा लिइन्छ। यस दिन श्रद्धालुहरू भगवान शिवको व्रत बसी पूजा, आराधना तथा उपासना गर्ने गर्छन्। शिवलाई समर्पित सोमबारको व्रत सूर्योदयसँगै सुरु हुने र सूर्यास्तपछि समापन गर्ने धार्मिक मान्यता छ।

CP Hospital Dhangadhi

व्रत बसेका भक्तजनले साँझ शिव मन्दिरमा पुगेर पूजा तथा आरती गरेपछि मात्र भोजन गर्ने परम्परा छ। सोमबार भगवान शिवसँगै माता पार्वतीको पनि विधिपूर्वक पूजा तथा आराधना गरिन्छ। हिन्दू धार्मिक परम्परामा कुनै पनि शुभकार्य वा पूजाआजा सुरु गर्नुअघि भगवान गणेशको पूजा गर्नुपर्ने मान्यता रहेकाले शिवपूजाअघि पनि गणेशको पूजा गर्ने चलन छ।

Attariya Hospital

धार्मिक विश्वासअनुसार सोमबारको व्रत तथा शिवको आराधना गर्नाले मनोकामना पूरा हुने, ज्ञान तथा आत्मिक शान्ति प्राप्त हुने विश्वास गरिन्छ। विशेषगरी अविवाहित महिलाहरूले योग्य तथा असल जीवनसाथी प्राप्तिको कामनासहित सोमबार व्रत बस्ने परम्परा लामो समयदेखि चलिआएको छ।

nawajiwan