कैलाली–कञ्चनपुरमा वर्षाले धानबालीमा क्षति, खेतमै भिज्न थालेपछि किसान चिन्तित

Image
Nisarga Hospital

कैलाली र कञ्चनपुरमा लगातार भइरहेको वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको छ। सोमबार राति तथा बुधबार बिहान परेको वर्षाले पाकेर काट्ने तयारीमा रहेको धान र काटेर खेतमै राखिएको धानमा नोक्सानी पुगेको हो।

CP Hospital Dhangadhi

दुवै जिल्लाका केही किसानले धान काटिसकेका थिए। तर, काटेको धान खेतमै रहेका बेला पानी परेपछि भिजेको छ। पटकपटक वर्षा भइरहेकाले काटेको धान सुकाएर सुरक्षित रूपमा घर भित्र्याउनसमेत किसानलाई समस्या भएको छ।

समथर भू–भागमा पानी जमेकाले पाकिसकेको धान काट्न पनि कठिनाइ भइरहेको किसानहरू बताउँछन्। खेतमा पानी जमेको अवस्थामा धान काट्न नसकिँदै पुनः वर्षा हुँदा पाकेको धान झर्ने, भिज्ने र कुहिने जोखिम बढेको छ।

nawajiwan
Attariya Hospital

धान काट्ने मुख्य समयमा नै मौसममा आएको फेरबदल र लगातार भइरहेको वर्षाले किसानलाई थप अन्योलमा पारेको छ। केही दिनअघि लगातार तीन दिनसम्म परेको वर्षाले समेत धानबालीमा असर गरेको किसानहरूको भनाइ छ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशका प्रमुख धान उत्पादन हुने जिल्ला हुन्। समयमै धान काटेर सुरक्षित रूपमा भित्र्याउन नसक्दा उत्पादनमा समेत असर पर्ने किसानहरूको चिन्ता छ।

वर्षा अझै निरन्तर भइरहे खेतमा पाकेर रहेको धानसँगै काटेर राखिएको धानमा थप क्षति पुग्न सक्ने अवस्था रहेको किसानहरू बताउँछन्। पाकेको धान जोगाउन तत्काल मौसम अनुकूल हुनुपर्ने उनीहरूको अपेक्षा छ।