देउवा कांग्रेसको धनगढी उपमहानगर सभापतिमा शाही सर्वसम्मत

Image
Nisarga Hospital

धनगढी : नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशन अन्तर्गत धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनबाट कांग्रेस इतर समूहका गजेन्द्र विक्रम शाही नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

नगर अधिवेशनमा नेतृत्व चयनका क्रममा शाहीको नाममा सहमति जुटेपछि उनलाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गरिएको हो। शाहीसँगै नगर कार्यसमितिका सम्पूर्ण सदस्यहरू पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

नेतृत्व चयनसँगै धनगढी उपमहानगरमा कांग्रेसको नगर संगठनले नयाँ कार्यसमितिसहित आफ्नो आगामी गतिविधिलाई अघि बढाउने भएको छ। नगर अधिवेशनले संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै पार्टीका सांगठनिक गतिविधिलाई वडा तहसम्म विस्तार गर्ने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

नगर सभापतिमा निर्वाचित शाहीले पार्टी संगठनलाई एकताबद्ध बनाउँदै कार्यकर्ताको भावना र सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले नगरका विभिन्न वडा तथा टोल तहमा संगठनलाई थप सुदृढ बनाउँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने बताएका छन्।

सर्वसम्मत रूपमा नगर नेतृत्व चयन भएपछि कार्यकर्ताहरूले यसलाई संगठनभित्र सहमति र सहकार्यको अभ्यासका रूपमा लिएका छन्।