काठमाडौं–धनगढी हवाई भाडा चर्किएपछि कैलाली उद्योग वाणिज्य संघको सरकारसँग सहुलियत माग

Image
Nisarga Hospital

कैलाली उद्योग वाणिज्य संघले काठमाडौं–धनगढी हवाई सेवाको चर्को भाडाका कारण सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्र आर्थिक मारमा परेको भन्दै सरकारसँग हवाई भाडामा सहुलियतको व्यवस्था गर्न माग गरेको छ।

CP Hospital Dhangadhi

संघका अध्यक्ष पुष्करराज ओझाले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै काठमाडौं–धनगढी हवाई सेवामा विशेष सहुलियतसहित नियमित र सहज उडानको व्यवस्था गर्न माग गरेका हुन्।

संघले सुदूरपश्चिम भौगोलिक रूपमा राजधानीबाट टाढा रहेकाले यहाँका नागरिकका लागि हवाई सेवा विलासिताभन्दा अत्यावश्यक यातायातको माध्यम बनेको जनाएको छ। उपचार, परीक्षा, आकस्मिक काम, रोजगारी, व्यवसाय तथा चाडपर्वमा घर फर्किनुपर्ने नागरिकका लागि हवाई यात्रा महत्वपूर्ण विकल्प रहेको संघको भनाइ छ।

nawajiwan

हाल काठमाडौं–धनगढी हवाई भाडा महँगो हुँदा नागरिकले ठूलो आर्थिक भार व्यहोर्नुपरेको संघले जनाएको छ। विशेषगरी चाडपर्वको समयमा भाडा थप वृद्धि हुने भन्दै संघले सरकारको नियमनकारी भूमिका प्रभावकारी बनाउन आग्रह गरेको छ।

संघका अनुसार सामान्य अवस्थामा काठमाडौं–धनगढीको एकतर्फी हवाई भाडा करिब १० हजार ८ सय रुपैयाँ आसपास रहने गरे पनि चाडपर्वका बेला २२ हजार रुपैयाँभन्दा माथिसम्म पुग्ने गरेको छ।

कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको समस्यालाई सम्बोधन गर्न तत्काल आवश्यक पहल गरी हवाई भाडामा सहुलियत र नियमित उडान सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।