युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुँदै

Image
Nisarga Hospital

धनगढीः युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२ बाट सम्मानित हुने भएका छन्। लुम्बिनी प्रदेशको अग्रणी साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले उनलाई नगद पुरस्कारसहित सम्मान गर्न लागेको हो।

CP Hospital Dhangadhi

प्रतिष्ठानले शनिबार कोहलपुरमा आयोजना गर्ने विशेष समारोहमा जोशीसहित विभिन्न विधाका चार जना साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा साहित्य पुरस्कार २०८३ बाट साहित्यकार निरञ्जना चन्द ‘निरु’, वाङ्मय पुरस्कार २०८२ बाट मुस्तफा अहसन कुरेसी र वाङ्मय पुरस्कार २०८३ बाट विजयराज आचार्य पुरस्कृत हुनेछन्।

nawajiwan

साहित्य सिर्जना र पत्रकारितामा सक्रिय जोशीको २०७२ सालमा मुक्तक सङ्ग्रह ‘शब्दछाल’ प्रकाशित भएको थियो। उनका कविता, गजल तथा मुक्तक विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

नेपाली भाषा तथा साहित्यको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका जोशीलाई प्रदान गरिने पुरस्कारले युवा साहित्यिक प्रतिभाको पहिचान र प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा साहित्यकार पुष्कर रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ विमोचन गरिनेछ। कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साहित्यकारहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ।