
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। एक दिनमै सुनको मूल्यमा आएको गिरावटसँगै उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो। सुन र चाँदी दुवैको मूल्य घटेपछि बजारमा नयाँ मूल्यअनुसार कारोबार भइरहेको छ।
































