आजको मौसमः सुदूरपश्चिमसहित चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा देशका बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

nawajiwan

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अवलोकन गर्न आग्रह गरिएको छ।