
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा रहेको छ। यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।



































