गगन थापाको प्रतिबद्धता : नागरिकका मुद्दालाई प्राथमिकता, कांग्रेसलाई वैचारिक नेतृत्वको केन्द्र बनाउने

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्र र वैचारिक तथा सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

पार्टीको केन्द्रीय निर्वाचन समितिले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको शपथग्रहणपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए।

आगामी चार वर्ष पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने उल्लेख गर्दै उनले संगठनलाई आधुनिक, पारदर्शी र जवाफदेही बनाउने बताए। युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने तथा पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाइ थियो।
सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै थापाले आफ्नो गल्तीको जिम्मेवारी आफैँले लिने स्पष्ट पारे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

हालैका प्राकृतिक विपत्तिबाट प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै यस वर्ष दसैँ तडकभडकपूर्ण रूपमा नमनाउने पार्टीको निर्णय रहेको उनले जानकारी दिए। उनले पीडित परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरे।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गर्न सफल भएको जानकारी दिए। उनले थापालाई लोकतान्त्रिक मूल्य, मानव अधिकार र सार्वभौम सत्ताको संरक्षणमा केन्द्रित हुन आग्रह गरे।

Dhnagadhi & Krishanapur