उच्च राशिको राष्ट्रिय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै सौहार्द

Image
Nisarga Hospital

लायन्स क्लव अफ काठमाडौ न्यू ग्रीन सिटी र लियो क्लव अफ काठमाडौं सौहार्दको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको खुला वक्तृत्वकला प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने भएको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन हुने उक्त प्रतियोगिता २०८० पौष १६ गते(तदअनुसार २०२४ जनवरी १) गते देखि २०८० फागुन २५(तदअनुसार २०२४ मार्च ८) सम्म विभिन्न चरणमा सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi

रू. ३०,००० पुरस्कार राशि रहने उक्त प्रतियोगितामा देशभरका १५ देखि २५ वर्ष उमेर समुहका युवाले सहभागिता जनाउन पाउनेछन्। युवावर्गमा रहेको वक्तृत्व सम्बन्धी अन्तरनिहित क्षमता प्रस्फुटन गराउँदै युवालाई देशको समसामयिक विषयमा सचेतना जगाउनुका साथै ती विषयमा वहस एवम् मन्थनको वातावरण समेत सिर्जना गराउन मञ्च प्रदान गर्ने यस कार्यक्रम को मुख्य उद्देश्य रहनेछ। यसका अतिरिक्त वक्तृत्व सीप विकास, तार्किक शैलीको विकास सम्बन्धी प्रशिक्षण प्रदान गर्ने समेत उद्देश्य रहेको लियो क्लब अफ काठमाडौँ सौहार्दको वक्तृत्वकला प्रतियोगिता समितिकी संयोजक वर्षा दाहालले जानकारी दिनुभयो।

उहाँका अनुसार यस प्रतियोगिता पूर्व छनोट चरण, छनोट चरण र अन्तिम चरण गरी तीन चरणमा सञ्चालन हुनेछ। पूर्व छनोट चरणका निम्ति १ जनवरीबाट ३० जनवरीसम्म गुगल फर्म मार्फत देशभर दर्ता आवेदन खुला गरिनेछ। उक्त आवेदनलाई प्रदेश अनुरूप विभाजन गरी प्रदेश स्तरीय प्रतिस्पर्धा पश्चात् अन्तिम प्रतिस्पर्धाका निम्ति प्रत्येक प्रदेशबाट ३ जना प्रतिस्पर्धी छनोट हुनेछन्। प्रतियोगिता तपशील बमोजिमका विषयहरूमा केन्द्रित भइ सञ्चालन हुनेछ:

nawajiwan
Attariya Hospital

१. महिला सशक्तिकरण
२. बेरोजगारी र बौद्धिक पलायन
३. जलवायु परिवर्तन/ वातावरण
४. व्यवहारिक शिक्षा
५. वित्तिय र कानुनी साक्षरता

दर्ता आवेदन निम्न लिंकमा प्रवेश गरी भर्न सकिनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeHDWXgjlW4kYeqwuX64BEg4b-rwEaLQ9hNGLLJ_QFGJICNBw/viewform?usp=sf_link