पिएम कप क्रिकेट छनाैट : कञ्चनपुरले बझाङलाई हरायो

Image
Nisarga Hospital

बैतडी: बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट अर्थात इलाइट च्याम्पियनसिपकाे खेलमा कञ्चनपुरले दाेस्राे जित दर्ता गरेकाे छ। यसअघि कैलालीलाई १ विकेटले हराएकाे कञ्चनपुरले आज बझाङलाई ६३ रनले स्तब्ध पार्दै दाेस्राे जित दर्ता गरेकोे हाे।

CP Hospital Dhangadhi

जितका लागि पाएकाे २३९ रनकाे लक्ष्य पन्छाएकाे बझाङ ३७.१ ओभरमा १७५ रनमा समेटियो ।उसका अशाेक धामीले ६३ र अभिनाश सिंहले ४४ रनकाे याेगदान गरेपनि हार भने टार्न सकेनन् । कञ्चनपुरका लागि भरत चन्दले ४ विकेट हात पारे।

Attariya Hospital

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे कञ्चनपुर ४४.४ ओभरमा २३८ रनमा अलआउट भयाे। जसमा सुशील खड्काले ६४ र प्रकाश पाण्डेले ४७ रनकाे याेगदान गरे। बझाङका सञ्जय बाेहराले ३ विकेट हात पारे।कञ्चनपुरका भरत चन्द म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तरगत भाेलि बैतडी र अछाम भिड्नेछन्

nawajiwan

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ।
गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।