बालकुमारी घटनामा मृत्यु भएका विरेन्द्र र सुजनको शव गृह जिल्ला पुगाईयो

Image
Nisarga Hospital

अत्तरिया : बालकुमारी घटनामा मृत्यु भएका दुबैजनाको शव गृह जिल्ला पुगाएको छ ।

CP Hospital Dhangadhi

गत शुक्रवार रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको फारम भर्न नपाएका विद्यार्थीहरूको आन्दोलनको क्रममा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएको थियो। मृत्यु भएको पाँचौ दिनमा दुबैजनाको शव आफन्तले बुझेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेख र अछाम पुगाएको हो।

Attariya Hospital

मङ्गलवार काठमाडौँबाट स्काई ट्रकमार्फत शाह र रावतको शव सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट पहिले रावतको शव दैलेखमा आफन्तलाई जिम्मा लगाएर सेनाको हेलिकप्टर पुनः सुर्खेत फर्केको थियो। सुर्खेतबाट फेरि विरेन्द्रको शव अछाम पुगाएको हो । दुबैजनाको शव गृह जिल्ला पुगेपछि गाउँभरका मान्छेको भिड लागेको थियो ।

nawajiwan