कैलालीको चिसापानी जंगलघाट अन्तर्गत कमलबजार बाँसकाँडा सडक कालोपत्रेको शिलान्यास

Image
Nisarga Hospital

अछाम : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चिसापानी जंगलघाट बडिमालिका सडक ५२ बर्षपछि कालोपत्रेका लागि शिलान्यास गरिएको छ।

CP Hospital Dhangadhi

चिसापानी मंगलसेन सडक अन्तर्गत अछामको गैरिटाँड कमलबजार बाँसकाँडा सडक २३ किलोमिटर सडकको शनिबार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले गैरिटाँडमा शिलन्यास गरे। सो सडक खण्डको कैलाली क्षेत्रमा भने केही किलोमिटर कालोपत्र भएपनि अछाम खण्डमा भने कालोपत्रे नभएकोमा यसबर्ष २३ किलोमिटर कालोपत्रे गर्ने कार्यको थालनी भएको छ।

शिलन्यास कार्यक्रममा मन्त्री देउवाले प्रदेश सरकारले गौरवको आयोजना लार्ई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । आयोजना तोकिएकै समय भित्र निमार्ण सम्पन्न हुनेमा आफु बिश्वस्त रहेको मन्त्री देउवाले बताए । गैरिटाँड कमलबजार बाँसकाँडा सडक २३ किलोमिटर सडकको आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैंया रहेको छ । पुर्वाधार विकास कार्यालय साँफेबगर मार्फत पि.के निमार्ण सेवा, घोराही दाँङले ठेक्का पाई काम गरिरहेको छ।

nawajiwan
Attariya Hospital

सो खण्डको कालोपत्रे २०८२ पौष २९ गते भित्र गरि सक्नुपर्ने सम्झौता रहेको र समयमै सम्पन्न गर्ने पि।के निमार्ण सेवा घोराही दाँङका प्रमुख प्रकाश विश्वकर्माले बताए । तराईसँग पहाड जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्याएका थिए ।

सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको बिन्तीपत्र तत्कालीन राजालाई बुझाइएपछि २०२८ सालदेखि यो सडक निर्माण सम्पन्न हुन सकेको छैन। धनगढीबाट अछामसम्म झण्डै तीन सय किलोमिटर सडक छ। तर चिसापानी–जंगलघाट–मंगलसेन सडक बन्यो भने त्यो दूरी १ सय १० किलोमिटरमा छोटिनेछ। उद्घाटनमा कार्यक्रममा अछामबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य मानबहादुर रावल , मेघराज खड्का जिल्ला समन्वय समिति अछाम प्रमुख ललितबहादुर कुँवर स्थानीय तहका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।