
धनगढी: धनगढी उपमहानगरपालिकाभित्र हुन सक्ने आगलागी नियन्त्रणका लागि दुई वटा फायर बाईक छ । चालु आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाईटी कैलाली र धनगढी उपमहानगरपालिकाको लगानीमा दुई वटा फायर बाईक खरिद गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीको कोर्डिनेसनमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखलाई प्राप्त फायर बाइक धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।

सुपर परियोजना कार्यक्रम अन्तर्गत युएनडीपी र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको साझेदारीमा खरिद भै आएको करिब ५ लाख मूल्य बराबरका एकथान बाइक धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको रेडक्रसले जनाएको छ । रेडक्रसकै सहकार्यमा परिचालित परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाले समेत साझेदारी गर्नेगरी थप एकथान सोहिमुल्य बराबरको खरिद गरेको हो ।

साघुरो सडकमा छिटोभन्दा छिटो पुगेर आगलागी नियन्त्रणमा सहज होस् भन्नका लागि ती फायर बाइक उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको सुपर परियोजनाका कार्यक्रम अधिकृत गौरिलाल बुढाथोकीले बताए ।































