
अत्तरिया: कैलालीको अत्तरिया बजारबाट पूर्व -उत्तरपट्टी लालपुर भएर २३ किलोमिटर टाढा सुगम पालिकाको दुर्गम वडाले चिनेने ४ र १२ वडा मध्ये ४ न. मा पर्ने बेलपानी, दामदरे, फुलबस्तीमा बिद्युत लाई पुगेको छ । नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टको चुनावी एजेण्डालाई जनतासामु काम गरेको अनुभुति दिलाउन डेढ बर्षको अथक प्रयास पछि विद्युत सेवा संचालन भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-४ को विकट पहाडी बस्ती बेलपानी- फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार गरिएको छ । झट्ट हेर्दा सुदूरपश्चिम प्रदेश राजधानीको शहरले चिनिने गोदावरी नगरपालिका, तर यहाँका पहाडी क्षेत्रमा अझै आधारभूत आवश्यकता पुरा हुन सकेका छैनन् । मानिसहरूलाई सुन्दा अचम्म पनि लाग्ला आज गोदावरीको फुलबस्तीमा पहिलो पटक विद्युत पुगेको छ । साथै सरकारी स्तरबाट सडक यातायातको माध्यमबाट पहिलो पटक गोदावरीका मेयरको अनुगमन भएको छ ।

विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका हुन । फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले घरमा विद्युत जडान भएपछि निकै खुशी भएको स्थानिय मान बहादुर धामीले बताए । फुलबस्ती, बेलपानी क्षेत्र पुरानो बस्ती भएपनि ढिला गरि विद्युतको उज्यालोमा बस्ने सपना पुरा भएको समेत बताए ।
यस क्षेत्रमा विद्युत नभएकै कारण झेल्नुपर्ने समस्या पनि अन्त्य हुनेमा हामी विश्वस्त्व छौ भन्दै नगर प्रमुख भट्टले भने विद्युत नहुँदा मोबाइल चार्ज गर्ने देखि लिएर बाल-बच्चाहरूलाई पठनपाठन, साना तथा मझौला घरेलु उद्योग र कुटानी पिसानीको समस्या थियो, बाध्य भएर साउने अँध्यारोसरी बस्नुपरेको थियो । बिजुली बलेपछि सहज भएको देखिन्छ, फुबबस्तीका स्थानिय दान बहादुर धामीले गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी लागेको बताए ।
पालिकाको सिमिति स्रोत र साधनमा दिनचार्य बिताउदा बार्षिक रुपमा आउदै गरेको सिलिङमा कमी सँगै निबर्तमान मेयर हरि सिंह साउदको पालामा २०७६ सालको कोरोना कहरको समयको ढुंङ्गा चिट्टी निकासीमा परेको मुद्दामा पालिकाको हार सँगै उच्च अलादतको आदेश अनुरुप करिब साढे चार करोड पैसा खाताबाट घट्दा बिकासका केही समस्या झनै देखा परेको बताए । यस क्षेत्रको विकासका लागि सडक खण्डको ट्याक खोल्दा पनि नेपाली कांग्रेसले सहजीकरण गरेको र अहिले पनि म यस क्षेत्रको विकास र सडक सम्याएर गाडी सहज जाने बनाउन लागि रहेको बताए । साथै डेढ बर्षको अबधिमा सयौ पोलको माग गरी बेलपानी सम्म त्रि फेज लाईन र फुलबस्ती सम्म बिजुलीको पहुच हुने गरी विद्युत बिस्तार गरेको जानकारी दिए ।

यस विकट क्षेत्रको पटेनीमा ४ कोठे पक्की भवन सहितको शहरी स्वास्थ्य क्लिनिक रहेको छ । जहाँ सडकको पहुचबाट टाढा रहेकोले निकट भविश्यमा नै यस क्षेत्रमा बाटोघाटो सहित स्टाप नर्स सहितको सेवा दिलाउने समेत नगर प्रमुख भट्टले यस क्षेत्रका जनतालाई जानकारी दिए ।
शिक्षा क्षेत्रको विकासमा नगरप्रमुख बिरेन्द्र भट्टको जोड
गोदावरी नगरपालिका भित्र ५६ ओटा माद्यमिक सामुदायिक स्कुल भएता पनि बिगतको अबस्थामा गोदावरीका शिक्षा शाखालाई कुन स्कुलमा के कस्ता समस्या एव् भौतिक पूर्वाधार छन, कुन स्कुलमा के कति शिक्षक, शिक्षिका एव् अन्य कर्मचारीको आवश्यकता छ ? ति कुराको कुनै लेखा जोखा छैन । अहिले आएर शिक्षा क्षेत्रलाई के कसरी अगाडी बढाउने भन्ने बारे सबै संगको छलफल पश्चात केही दिनमै नगरपालिका भित्रका सबै बिद्यालयको भौतिक, शैक्षिक, अतिरिक्त क्रियाकलाप, खेलजगत सबैको हेरफेर गर्ने गरी शिक्षाबिदको नियुक्ती गर्दै छौ । तत पश्चात कुन स्कुलमा के समस्या छन, पालिकाले के गर्दा सहजीकरण हुन्छ सबै जिम्मेवारी हुने गरी पालिकामा नेतृत्व चयन गर्दै छौ भन्दै भगवती आधारभूत विद्यालय फुलबस्ती र चादनी आधारभूत विद्यालय एकान्तटोलका गाउँ बस्तीका स्कुलमा पुगेर भनेका छन ।
सबैसँग सबै सुविधा हुन्छ भन्ने निश्चित हुँदैन् देशका बिकट बस्ती झै गोदावरीको यो बस्ती पनि बिगट नै छ, यहाँ एकै चोटी संसार नै पल्टाउछु भन्नु सपना मात्र हो, गोदावरी नगरपालिकाले क्रमिक रुपमा प्राथमिकताका साथ यस क्षेत्रको विकास र सुगमता दिलाउनका लागि मेरो चुनावी एजेण्डा सरी जनताको घर दैलोमा आउने नै छु, समय समयमा यस क्षेत्रमा के कस्ता क्रियाकलाप हुदै छन, जानकारी लिने नै छु भन्दै बिद्यार्थीहरु सँग केही बेर जिज्ञासा सँगै प्रति उत्तर समेत दिए ।
गोदावरी नगरपालिकामा संचालित संघ संस्था अन्तरगत विल्डअन सँग यस चादनी आधारभूत विद्यालय एकान्तटोलमा विद्यार्थीको संख्या हुदा हुदै पनि भवन अभाव देखिएकोले दुई कोठे भवन निर्माणका लागि प्रस्ताव अगाडी बढाउने समेत मेयर भट्टले बताए ।
नगरपालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी- शिक्षकहरुसँग मोवाइलसमेत छैन् । त्यसमा पनि सामुदायिक विद्यालयका अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुसँगका लागि आवश्येक इन्टरनेटको सुविधा छैन । अहिलेको युग भनेको एक मोबाईल बाटै दुनिया देख्न र बुझ्न सकिन्छ, तथापी यस पालिकाको स्रोत र साधनले जे जती गर्न सकिन्छ सबै सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा र विकासका लागि जोड दिई रहने बताए ।



































