धनगढी उपमहानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न दर्ता गर्ने, नत्र रोक लगाईने

Image
Nisarga Hospital

कैलालीको धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न धनगढी उपमहानगरपालिकामा दर्ता गर्ने मात्रै पाईने भएको छ । साना खुद्रे पसलमा चुरोट, गुटका र खैनी खुलेआम बिक्रि हुन थाले पछि आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न अनिवार्यमा दर्ता गर्नुपर्ने भएको छ । अन्यथा रोक लगाईने बताईएको छ ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उप–महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ विकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरण गर्न बन्देज लगाईनेछ’ भनि उल्लेख गरिएको जारी सूचनामा भनिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।उक्त सूचनामा माघ १ गतेदेखि ‘सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उप–महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ नगराउन भनि उल्लेख गरिएको छ।

nawajiwan
Attariya Hospital

‘२०८० साल माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, तु, सुल्फा, सुल्फा, कक्कड, कक्कड, क कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘विक्री वितरण गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने छ।’

हेर्नुहोस् सुचना ।