MPDS को सहयोगमा कैलारीमा बिपद टास्कफोर्स गठन

Image
Nisarga Hospital

कैलारी गाउँपालिका वडा नं ३ सुर्मिनालामा बिपद जोखिम पूर्व तयारी, प्रतिकार्य योजना अनुरुप समुदायमा अाधारित बिपद टास्क फोर्स(कार्यदल) गठन एंव अभिमुखीकरण गरिएको छ ।

CP Hospital Dhangadhi

कैलारी गाउँपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यक्रम अायोजना गरिएको हो ।

बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले उक्त टास्क फोर्स गठन गरिएको सुर्मिनालाका भलबन्सा राम किसन चौधरीले जानकारी दिनुभयो । उक्त अवसरमा स्थानीय जगलाल चौधरी को अध्यक्षतामा ७ सदस्यीय सुर्मिनाला बिपद ब्यवस्थापन मूल समिति,राम किसन चौधरी को संयोजकत्वमा ७ सदस्यीय पूर्व सूचना टास्कफोर्स,बलीराम चौधरी को संयोजकत्वमा ७ सदस्यीय खोज तथा उद्घार टास्क फोर्स र अनिता चौधरी को संयोजकत्वमा ५ सदस्यीय प्राथमिक उपचार टास्क फोर्स गठन गरिएको छ । उक्त क्षेत्रमा बर्षाको समयमा सुर्मिनाला वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ ।

nawajiwan
Attariya Hospital

टास्क फोर्स गठन कार्यक्रममा कैलारी गाउँपालिका वडा न ३ का वडा सदस्य किसनलाल चौधरी ले पालिकासंगको सहकार्यमा संस्थाले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा अत्यन्तै राम्रो कार्यहरु गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा अाफूहरुले पनि सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमको सहजीकरण बहुउद्देश्यीय बिकास समाजका डिअारअार एक्सपर्ट अफिसर राजेन्द्र रैका,प्रदिप पन्त ले गरेका थिए ।
कार्यक्रममा कैलारी गाउँपालिका बिपद फोकल पर्सन भुवन बखरिया,नेपाल रेडक्रस सोसाइटीका तारणी दत्त पाण्डेय,बहुउद्देश्यीय बिकास मंचका सामाजिक परिचालक सर्मिला चौधरी,स्वयंसेविका अनिता चौधरी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रम सुर्मिनालाका भलबन्सा राम किसन चौधरी को अध्यक्षतामा सम्पन्न भएको थियोे ।