नागरिक उन्मुक्तिले राष्ट्रिय सभाको एक सिट पाउँछ : रेशम चौधरी

Image
Nisarga Hospital

अत्तरिया : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट एउटा सिट दिने समझदारी भइसकेको बताएका छन् ।

CP Hospital Dhangadhi

धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरेका चौधरीले सुदूरपश्चिमका तीन सिटमा एक सिट नागरिक उन्मुक्तिले पाउने सहमति भएको बताएका हुन्। उनले पुस २१ गते बस्ने सत्तारूढ गठबन्धनको बैठकले निर्णय गर्ने उनको दाबी छ। सुदूरपश्चिमबाट एक सिट पाउने सहमती भएको भन्दै २१ गतेको बैठकले पक्का गर्ने बताए। उनले भने, कुन दिन भन्नेमा सम्झौता भएको छैन।

Attariya Hospital

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका तीन जनाको पदावधि फागुनमा सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर) को पदावधि सकिन लागेको हो। नागरिक उन्मुक्ति पार्टीका १७ वटा मत रहेको छ।

nawajiwan

स्थानीय तहमा सात र १० वटा केन्द्रको भोट रहेको चौधरीले बताए। राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ। त्यसअघि नै सत्ता गठबन्धनबिच समझदारी कायम गर्न शीर्ष नेताहरुबिच छलफल हुँदै आएको छ।