
अत्तरियाः माघे संक्रान्तिको अवसरमा लाग्ने मेलाका लागि कैलालीको गोदावरी धाममा गोदावरी नगरपालिकाको आर्थिक संयोजकत्वमा धार्मिक स्नन मेला लाग्ने भएको छ । गोदावरीमा माघी स्नान को लागि तयारी थालिएको छ ।

माघे संक्रान्तिका दिन देखि सुरु हुने मकर मेलाका लागि गोदावरी धामलाई बर्षातको समयमा बाढीले बगाएको ठाउँमा पैदल तिर्थालु भक्तजनहरुका लागि बाटो सम्याउने काम भईरहेको छ ।
गोदावरी धाम विकास समितिले गोदावरी नगरपालिकाको सहयोगमा बाटो सम्याउनुको साथै मर्मत तथा स्नान कुण्ड निर्माण सम्मको संरचना बनाउन थालेको छ ।


कैलाली कञ्चनपुर सहित छिमेकी देश भारतबाट ठुलो संख्यामा भक्तजन आउने भएकाले त्यसको तयारी को लागि शिव मन्दिर जाने बाटो निर्माण, कुम्भ बाटिका क्षेत्रको ग्राउन्ड सम्याउने कार्य हुन थालेको समितिले जनाएको छ ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।





























