डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु

Image
Nisarga Hospital
डडेल्धुराः जिल्लाको गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजनामा ‘राष्ट्रका खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गन्यापधुरा–५ स्थित सीताराम मावि रेलको प्राङ्गणमा पालिकास्तरीय रनिङ शिल्ड सुरु भएको हो। प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धघाटन गरेकी हुन्।
CP Hospital Dhangadhi
प्रतियोगिताको उद्धघाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य खड्काले विद्यालयस्तरबाट खेलकुदको विकास हुन आवश्यक रहेको बताइन्। वर्षको एकदुई दिन मात्रै नभएर विद्यालयले खेलकुदका गतिविधि नियमितरूपमै सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
nawajiwan
Attariya Hospital
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
पालिका अध्यक्ष कार्कीका अनुसार प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरकफरक वडामा सञ्चालन हुँदै आएको छ। यसपटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाका ७ विद्यालयको सहमागिता छ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायत खेल सहभागी छन्। पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्।