धनगढी उपमहानगरले साइकल लेन तयार, नेपालकै दोस्रो ‘साइकल लेन’, पुस २१ गते उद्घाटन गरिने !

Image
Nisarga Hospital

धनगढी : मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले साइकल लेन तयार भएको छ।उपमहानगरपालिकाले नेपालकै दोस्रो तथा सुदूरपश्चिमकै पहिलो साइकल लेन बनाएको हो ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिकाले ४६ लाख ५० हजार लागतमा सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल ट्याक निर्माण गरिएको छ।

nawajiwan
Attariya Hospital

धनगढी उपमहानगरपालिकाले पौष २१ गते बिहान ८ बजे साइकल लेनको उद्घाटन गर्ने तयारी गरेको छ । शनिबार उद्घाटनको दिन साइकल यात्रीहरुको उपस्थितिमा भन्सार रोडबाट धनगढी बिमानस्थल जाने बाटोसम्म राइड गरिनेछ।

धनगढीमा छुट्टै साइकल लेन हुने भएपछी साइकलयात्रीहरु उत्साहित बनेका छन्। ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गरेको थियो ।