
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। जसमा सन् २०२४ मा अन्तर्राष्ट्रियतर्फ नेपालको पुरुष सिनियर टिम, ए टिम, महिला टिम तथा उमेर समूहका टिमका लागि ३४ वटा कार्यक्रम रहेका छन्। जनावरीमा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपअघिको क्याम्पदेखि डिसेम्बरमा हुने टी-२० इमर्जिङ टिम्स एसिया कपसम्मका कार्यक्रमलाई क्यानले समेटेको छ।

क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यू–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यू–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको शृङ्खला खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ ।
नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्नेछ। त्यस्तै नेपालले २७ फेब्रुअरी ५ मार्च सम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। १९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ।

यसैगरी घरेलु गतिविधितर्फ डिसेम्बरमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गर्ने, फेब्रुअरीमा मनमोहन मेमोरियल यू–१६ प्रतियोगिता आयोजना गर्ने, जनवरी–फेब्रुअरीमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तथा जनवरी–फेब्रअरीमै गल्र्स यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ ।

यसैगरी फेब्रुअरी, मार्च र अप्रिलमा दुई दिवसीय र तीन दिवसीय पुरुष एलिट ट्रफी आयोजना गर्ने, फेब्रुअरीमा सुशिल कोइराला च्याम्पियन्स ट्रफी आयोजना गर्ने, फेब्रुअरी–मार्चमा इन्डो–नेपाल टी–२० प्रतियोगिता आयोजना गर्नेलगायतका कार्यक्रम पनि क्यानले सार्वजनिक गरेको छ ।































