माया मेट्रो हस्पिटल धनगढीका प्रबन्धक निर्देशक डा.मोहन साउँद सम्मानित

Image
Nisarga Hospital

धनगढीः धनगढीको माया मेट्रो हस्पिटलका प्रबन्ध निर्देशक एवं वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर मोहन साउँद सम्मानित भएका छन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशमा कार्यरत रही डाक्टर साउँदले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै कैलालीको घोडाघोडी नगरपालिका ८ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ५१ औं बार्षिक उत्सव कार्यक्रममा सम्मान गरेको हो।

Attariya Hospital

बार्षिक उत्सव तथा अभिभावक दिवसमा डा.साउँदलाई कदर पत्र सहित सम्मान गरिएको हो।माया मेट्रो हस्पिटलको स्थापना कालदेखि सोही हस्पिटलमा कार्यरत डा. साउदले नवजात शिशु तथा बालरोग सम्बन्धि विरामीको उपचार गर्दै आइराख्नु भएको छ। साउदले कक्षा ४ सम्मको औपचारिक शिक्षा घोडाघोडी नगरपालिका ८ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयबाट लिएका थिए।

nawajiwan

आफ्नो विद्यालयमा अध्ययन गरेको विद्यार्थी डक्टर भएर सुदूरपश्चिम प्रदेशका लागि ठूलो योगदान दिएर निरन्तर विरामीको सेवामा लागिरहेकाले थप हौसला बढाउन सम्मान गरिएको विद्यालय परिवारको भनाई छ । उनले आर्थिक समस्याका कारण उपचार गर्न नसक्ने घोडाघोडीबासीलाई विगत लामो समयदेखि उपचारमा सहयोग गर्दै आइरहेका छन्।