क्रिकेटर सन्दिप लामिछानेबारे क्यानले २५ पुसको फैसलापछि मात्र बोल्छ: पारस खड्का

Image
Nisarga Hospital

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

CP Hospital Dhangadhi

उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं ।’

Attariya Hospital

जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन्।

nawajiwan