
अत्तरियाः कैलालीको अत्तरियामा रहेको एनएमबि बैंकले ब्यवस्थित र सुविधायुक्त बनाउँदै नयाँ भवनमा सरेको छ । अत्तरियाको महेन्द्रनगर रोडमा रहेको शाखा शुक्रबार अत्तरिया चौराहास्थित सुदूर सिटि सेन्टरको भवनमा सारिएको हो ।

एनएमबीका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारी, एनएमबी डिसिओ सुदेश उपाध्याय र नगरपालिका नगर प्रमूख बिरेन्द्र भट्टले संयूक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा, लकर सेवा, अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

केही दिन अगाडी अत्तरियामा रहेका कञ्चन विकास बैङ्क र एनएमबि बैंक मर्जर भयका थिए । अहिले देश भर २०१ शाखा र सुदुर पश्चिममा २१-२२ ओटा रहेको बैङ्क प्रतिनिधिले जनाएको छ ।

निजी क्षेत्रले हालको अवस्था आउनेतर्फ सरकारलाई सचेत गराउन बैंक लागेको समेत उल्लेख गरे । उनले बजारमा केही आर्थिक सूचकको अवस्था हाल राम्रो भएको भन्दै सो बारे लगानीकर्ता र आम जनतामा जग्गा जमिन किन्न, आर्थिक कारोबार गर्न, ब्यापार ब्यावसाय संचालन गर्न, उच्च शिक्षाका लागि , किशानका लागि कृषि लोन सहितका कार्यक्रमबाट लाभान्बित भएको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।
आगामी दिनमा जनतासामु सकारात्मक म्यासेज जानेगरी यस बैंकले गोदावरी नगरपालिकामा नीति ल्याउन र हामी सँगै सहकार्य गर्न समेत नगर प्रमुख भट्टले बताए ।
































