चैतन्यपुरमा धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ सुरू

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ मा धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ सुरू भएको छ । चैतन्यपुरमा नवदुर्गा ग्वाँसी समैजी धार्मिक ज्ञानविज्ञान सप्ताह महायज्ञ आज बाट सुरू भएको हो। महायज्ञ सप्ताह कार्यक्रमको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा कलशमा दियो बाली समुद्घटान गरेका हुन् ।

CP Hospital Dhangadhi

उदघाटन कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, नगर प्रबक्ता गोपाल दत्त भट्ट, महायज्ञका कथा वाचक अच्युत शरण महाराज लगायत स्थानिय समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।आज बाट सुरु भएको महायज्ञ २६ गते सम्म संचालन हुने भएको छ ।

nawajiwan
Attariya Hospital


महायज्ञको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए। समाजमा एक आपसमा मिलेर अगाडि बढेको जनाउँदै सबै धर्म र सम्प्रदायबीच बलियो एकता रहेको बताए।

मन्दिरको स्तर उन्नति, सनातन धर्म संस्कति जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको नवदुर्गा ग्वाँसी समैजी धार्मीक ज्ञानविज्ञान सप्ताह महायज्ञका संयोजक मान बहादुर बलायरले बताए । उनले एक हप्ता सम्म संचालन हुने महायज्ञ मा अच्युत शरण महाराजले कथा वाचन गर्ने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विरेन्द्र भट्टले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा मिलेर बसेको समाजलाई धर्म संस्कृति जोगाएर लागेको बारे नगरप्रमुख भट्टले जानकारी दिनुभयो ।

कार्यक्रमको संचालन यज्ञ राज कापडीले गरेका छन् भने शुभकामना मन्तब्य संस्थाका सचिव खेम भट्टले गरेका थिए ।