प्रदेश राजधानीको विषय चाँडै टुंगो लाग्छ- मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राजधानीको विषय चाँडै टुंगो लाग्ने बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीको विषय टुंगो लाग्ने बताएका हुन्।

CP Hospital Dhangadhi

‘आउने प्रदेशसभा बैठकमा अहिले तोकिएकै क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा हामी लाग्छौं,’ मुख्यमन्त्री शाहले भने, ‘त्यो सम्भव भएन भने अन्य विकल्वबारे छलफल सुरु गर्छौं।’कैलालीको गोदावरी क्षेत्रमा राजधानी नबने कहाँ बन्छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले उपयुक्त जुनसुकै क्षेत्रका विषयमा पनि छलफल गर्न सकिने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अहिले तोकिएको क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिय पूरा गरिदिन आग्रह गरिएको उनको भनाइ छ।

Attariya Hospital

२०७५ साल असोजमा तत्कालीन प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकले नाम सुदूरपश्चिम र राजधानी कैलाली जिल्लाको गोदावरीस्थित वन क्षेत्रलाई घोषणा गरेको थियो।तर, अहिलेसम्म राजधानी स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रियासमेत पूरा भएको छैन। उनले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा लागेका पनि बताए।मुख्यमन्त्री शाहले सरकारले आयोजनाहरूको अनुगमन र समयमै सक्न निर्देशन दिइरहेको बताए।

nawajiwan

उनले भने, ‘प्रदेश सरकार उर्जा र पर्यटन विकासमा पनि लागेको छ। हामीले उर्जा क्षेत्रमा विकास गर्न सक्यौं भने सुदूरपश्चिमको कायापलट नै हुन्छ।’उनले आम सञ्चार नीति फाइनल भइसकेको र आसन्न अधिवेशनमा त्यसबारेमा छलफल हुने बताए । प्रदेश गौरवका योजनामा बजेट अभावले गर्दा काम तीव्र गतिमा हुन नसकेको मुख्यमन्त्री शाहले स्वीकार गरे।