अत्तरियाको गुराँस सुपर यातायातको आठौं बार्षिक साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

कैलालीः कैलालीको अत्तरियामा रजिस्टर्ड कार्यालय रहेको गुराँस सुपर यातायात प्रा.लीको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७२ सालमा स्थापना भएको उक्त यातायात प्रा.लीको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा सेवा दिदै आएको गुराँस सुपर यातायात प्रा.लीको आठौं बार्षिक साधारण सभामा आफ्नो धारण राख्दै गोदावरी नगरपालिका वडा नं २ का कार्यबाहक वडा अध्यक्ष डबल बहादुर साउँदले व्यवसायीहरुले संगठित भएर काम गरे मात्र त्यो व्यवसायले पुर्णता पाउने बताउदै सार्वजनिक यातायात ब्यवसायीहरुले ट्राफिक नियमको पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दले आठौं बार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्दै गुराँस सुपर यातायातले आफ्नो कार्यक्षेत्रमा नमुना यातायात प्रा.लीको रुपमा काम गर्नुपर्ने बताउनुभयो । यातायात ब्यवस्था ऐन अनुसार सम्पुर्ण यातायात ब्यवसायीहरुले एउटा मात्र सवारी साधन खरिद गरेर सार्वजनिक यातायात सञ्चालन गर्न नपाउने ब्यवस्था रहेको बताउनु भयो ।

nawajiwan
Attariya Hospital

गुराँस सुपर यातायात प्रा.लीका संस्थापक अध्यक्ष संगम आचार्यले कुनै पनि यातायात व्यवसायीहरु एकता गरेर अगाडी पर्ने भएकाले गुराँस सुपर यातायात प्रा.लीले पनि बिगतमा बिभिन्न यातायात प्रा.लीहरु संग एकता समन्वय गरेर आठौं बर्षमा पुग्न सफल भएको बताउनु भयो ।

प्रा.लीका अध्यक्ष तेज सिंह ठगुन्नाले गुराँस सुपर यातायात प्रा.लीले सुदूरपश्चिमका पहमडी क्षेत्र लगायत कृषी सडकहरुमा सेवादिदै आएको र यातायात ब्यवशायीहरुले बाटोका कारण, पार्किङ समस्या हुँदा र रातो प्लेटका निजी सवारीले यात्रु बोक्दा समस्या भोग्नुपरेको बताउदै निकट भविष्यमै काठमाण्डौ रुटमा चल्ने रात्रीकालिन बस सेवा सुरु गर्ने जानकारी दिनुभयो ।

प्रा.लीले आफ्नो आठौं बार्षिक साधारण सभाका अवसर पारेर उत्कृष्ठ व्यवसायी,अधिकतम दैनिक ट्रिप शुल्क काट्ने ३ जना र अधिकतम मासिक ट्रिप शुल्क काट्ने ३ जना ब्यवसायीहरुलाई सम्मान समेत गरेको छ ।