धनगढीका पत्रकार शाह सम्मानित

Image
Nisarga Hospital

धनगढी: गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाह सम्मानित हुनुभएको छ। धनगढीको हिमशिखर सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभामा उहाँलाई सम्मान गरेको हो।

CP Hospital Dhangadhi

शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्‍य ाएको भन्दै नगदसहित सम्मानित गरेको सो संस्थाका सचिव विमलकुमार जोशीले बताउनुभयो।

Attariya Hospital

शाह दुई दशक लामो समयदेखि गोरखापत्रमा कार्यरत हुनुहुन्छ। विगतमा गोरखापत्रका सञ्चालक समिति सदस्यसमेत भइसक्नुभएका उहाँ नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम संयोजक र केन्द्रीय सदस्यको रुपमा पनि काम गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्ट्रार टीकाराम थापाले शाहलाई सम्मानपत्र र नगद हस्तान्तरण गर्नुभयो।

nawajiwan

सो अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सहकारीको शेयर पुँजी तीन करोड ५० लाख ९० हजार एक सय, बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार र ऋण लगानी तथा असुली  ५५ करोड ७१ लाख ५१ हजार १३८ रुपियाँ रहेको बताउनुभयो।