पिएम कप क्रिकेट : बैतडी फाइनल नजिक,खडककाे अलराउन्डर प्रदर्शन

Image
Nisarga Hospital

बैतडीः बैतडीको टाेली लगातार तेस्रो जित निकाल्दै प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे फाइनल नजिक पुगेकाे छ। शनिवार कञ्चनपुरमाथि २० रनकाे जित हात पार्दै बैतडीको टाेली फाइनल नजिक पुगेको हाे ।

CP Hospital Dhangadhi

जितका लागि १८६ रनकाे लक्ष्य पछ्याएकाे कञ्चनपुरकाे टाेलीले ३५ ओभरमा १६५ रन मात्रै बनाउन सक्याे। जसमा अभिषेक थापाले अर्धशतकीय पारी खेल्द‌ै ६५ र प्रकाश पाण्डेले ४४ रनकाे याेगदान गरे। २६ रन जाेड्दा पहिलाे विकेट गुमाएको कञ्चनपुरका लागि अभिषेक र प्रकाशबीच दाेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी भयाे।

२२.४ ओभरमा १२२ रन जाेड्दा दाेस्राे विकेट गुमेपछि त्यसपछिका अन्य ब्याटरबीच साझेदारी बन्न नसक्दा कञ्चनपुरकाे पारी संकटमा पर्याे।
कञ्चनपुरकाे पारी ध्वस्त पार्ने क्रममा बैतडीका हिक्मत महराले ४, खडक बाेहराले ३ विकेट हात पारे।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएकाे थियोे ।

nawajiwan
Attariya Hospital

टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडी ३३.३ ओभरमा १८५ रनमा समेटियो । बैतडीका लागि सुदीप टमटा र गजेन्द्र बाेहराले अर्धशतक हिर्काए। सुदीप ५० र गजेन्द्र ५४ रनमा आउट भए। यसका साथै खडक बाेहराले ३३ रन बनाए। कञ्चनपुरका दीपक चन्द र भरत चन्दले ३/३ र प्रकाश पाण्डेले २ विकेट झारे।

बैतडीका लागि अलराउन्डर प्रदर्शन गरेका खडक बाेहरा म्यान अफ द म्याच घाेषित भएका स्काेरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
आजकाे खेल हारेपनि कञ्चनपुरले यसअघिका तीन खेल जितेकाले फाइनल खेल्ने सम्भावना जीवितै छ। भाेलि हुने बैतडी र कैलालीको खेलले फाइनल पुग्ने टाेलीकाे टुंगो लाग्नेछ। यदि भाेलिकाे खेलमा बैतडीले जित हात पारे बैतडी र कञ्चनपुर फाइनल पुग्नेछन् । कैलाली जितेमा रनरेटकाे आधारमा बैतडी, कञ्चनपुर र कैलालीमध्ये शिर्ष दुई टाेली पुस २४ गते फाइनल खेल्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि छनाैट प्रतियोगिता शुरू भएकाे थियोे ।
छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ ।