पिएम कप क्रिकेट : खडककाे शतकमा बैतडी फाइनलमा,उपाधिका लागि कैलालीसंग भिड्ने

Image
Nisarga Hospital

बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे फाइनल पुग्ने टाेलीकाे टुंगो लागेको छ।

CP Hospital Dhangadhi

आइतबार समूह चरणका खेल सम्पन्न भएसंगै फाइनल पुग्ने खेलकाे टुंगो लागेकाे हाे । समान तीन खेल जितेकाे बैतडी अंकतालिकाकाे शिर्ष र कैलाली दाेस्राे स्थानमा रहदै फाइनल पुगेका छन्। आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउदै कैलाली फाइनलमा पुग्याे।
यसअघि समान तीन खेल जितेकाे कञ्चनपुर भने नेट रनरेटमा पछि रहदै फाइनल हाेडबाट बाहिरिएकाे स्काेरर नरेन्द्र भट्टले जानकारी दिनुभयाे।

जितका लागि पाएकाे २०१ रनकाे लक्ष्य पछ्याएकाे बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा १९० रन मात्रै
बनाउन सक्याे । जसमा ओपनर खडक बाेहराले शतकीय पारी खेले। उनले ७९ बलकाे सामना गर्दै १२ चाैका र २ छक्काकाे मद्दतमा ११० रन जाेडे। जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलाे खेलाडी समेत बने। कैलालीका लागि शेर मल्लले ४ र कप्तान नारायण जाेशीले २ विकेट हात पारे।

nawajiwan
Attariya Hospital

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएकाे थियाे ।

टस जितेर पहिला ब्याटिङ गरेकाे कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा २०० रन बनायो ।उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनकाे याेगदान गरे। बैतडीका खडक बाेहराले ३ विकेट झारे। खडक खेलका म्यान अफ द म्याच समेत चुनिए।
बैतडी र कैलालीबीचको फाइनल खेल मंगलबार हुनेछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि छनाैट प्रतियोगिता शुरू भएको थियोे ।
छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ ।