भारतको अयोध्यामा प्राण प्रतिष्ठा समारोहमा धनगढीका मेयर हमाललाई निमन्त्रणा

Image
Nisarga Hospital

धनगढी: भारतको अयोध्यास्थित नवनिर्मित भगवान् श्रीरामकाे मन्दिरको प्राण प्रतिष्ठा समारोहमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा गरिएकाे छ।

CP Hospital Dhangadhi

पौष, शुक्ल द्वादशी बिक्रम सम्बत २०८० सोमवार (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो।

nawajiwan
Attariya Hospital

श्रीरामलिलाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका संघचालक मोहन भागवत, उत्तर प्रदेश सरकारका राज्यपाल श्रीमती आन्नदी बेन पटेल, उत्तर प्रदेश सरकारका मुख्य मन्त्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास, सन्त समाज, समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा प्राण प्रतिष्ठा समारोह सम्पन्न हुन गई रहेको छ।

प्राण प्रतिष्ठा शुभ मुहुर्त पौष शुक्ल द्वादशी बिक्रम सम्बत २०८० मध्याह्न १२ः२० रहेको छ।