
अत्तरिया : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराए ।

धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जोशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर (कैलाली) ले मनोनयन दर्ता गराएका हुन् ।






























