गौरीफन्टा नाकावाट नेपाल फर्केका १० जनामा कोरोना संक्रमण देखियो, नेपालमा पनि देखियो नयाँ भेरियन्ट

Image
Nisarga Hospital

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ।

CP Hospital Dhangadhi

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए। ‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छरछैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’,उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।’

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ। गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमुना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए। ‘भेरिएन्ट एकिन गर्न नौ जनाको नमुना काठमाडौँ पठाएका छौँ’, उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन।’ कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

nawajiwan
Attariya Hospital

कोरोना भारइसको नयाँ सव–भेरियन्ट ’जेएन.1’ नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.1 पुष्टि भएको जानकारी दिएको छ।

आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो। यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.1 पनि ओमिक्रोनकै सब भेरियन्ट हो। पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.1 भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ। नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको उल्लेख गर्दै मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ। साथै प्रवेश नाकाहरूमा हेल्थ डेस्क स्थापनादेखि आवश्यक निगरानी बढाउन पनि भनिएको छ।