
अत्तरियाः अतरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सवको उदघाटन कैलाली -४ का संघिय सांसद वीर बहादुर बलायर उदघाटन गर्ने भएका छन ।

आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिं बोहराले महोत्सबको तयारी अन्तिम चरणमा पुगेको र पुष २६ गते सांसद बलायरले उदघाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

उनले भने – ‘यसै क्षेत्रका सांसद बलायरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम उदघाटन गर्ने छौं । उँहा संगै प्रदेश सांसदहरु, स्थानिय जनप्रतिनिधीहरु, राजनितिक दलका प्रतिनिधी र संघ संस्थाका सबै लाई निम्तो दिनेछौ । सबैको सहभागिता रहने छ ।’ महोत्सब बिगतको भन्दा केही भएपनी फरकपन दिने तयारी गरेको उनले जानकारी दिए ।
































