गोदावरी नगरपालिकाको कार्यपालिकाको कार्य शैली प्रती एमाले निक जनप्रतिनिधिहरुको असन्तुष्टि (भिडियो सहित)

Image
Nisarga Hospital

गोदावरी नगरपालिका (अत्तरिया)का नगरप्रमुख बिरेन्द्र भट्टको कार्यशैली प्रति नगर–उपप्रमुख शारदा रोकायासहितका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्।

उनीहरुले आज (मंगलबार) नगरपालिका प्राङ्गणमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि जनाएका हुन्। नगर–उपप्रमुख रोकायाले बहुमतको भरमा नगरपालिका चलाउन खोजेको आरोप लगाइन्। उनले भनिन्, ‘बैठकका एजेन्डा नै नल्याएर निर्णय गर्न थालिएको छ। यो लोकतन्त्रको मूल्य मान्यता विपरीत हो।’ उनले कार्यपालिकाको १०५ औँ बैठक झुक्याएर बिना एजेन्डा बोलाएको दाबी गरिन्।

CP Hospital Dhangadhi

’१०५ औँ बैठक नै भएको छैन। हाम्रा साथीहरुलाई सल्लाह गर्नुछ भनेर बोलाएका रहेछन्। पछि सामान्य बसाइलाई बैठक गरियो भनेर निर्णय गरेछन्। त्यही बैठकबाट नगरपालिकाको शिलान्यास भइसकेको भबनलाई पुनः उदघाटन गर्ने निर्णय गरेछन्। यस्तो गर्न पाइन्न। नगरपालिकाले गर्नुपर्ने विकासका अनेक कैयन कामहरु छन्। पुर्व जनप्रतिनिधिले उद्घाटन गरेको भवन फेरि किन उद्घाटन गर्नुपर्यो?’

Attariya Hospital

गोदावरी– ७ कि वडा अध्यक्ष कलावती साउँदले पनि नगरप्रमुखले आफुहरुको कार्यपालिका बैठकमा अपमान गरेको गुनासो गरिन। ‘१०६ औँ बैठक भनेर यो पटक एजेन्डा दिएर बैठक बोलाए तर हामीले यो बैठक १०५ औँ हुनुपर्ने माग गरेपछि बैठकबाट बहिर जान निर्देशन मेयर ले दिए। यो कहाँ को कानुन हो? १०५ औँ कार्यपालिकाको बैठक नबसेर १०६ औं बैठक कसरी हुन्छ भन्ने हाम्रो माग हो,’ साउंदले भनिन्।

nawajiwan

यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष शुद्दी चौधरीले पनि मेयरको कार्यशैली लोकतन्त्र विरोधी रहेको बताए। उनले भने– ‘मेयरका स्वकीय सचिव मार्फत सामान्य छलफल छ भनेर बोलावट भएको तर त्यसलाई नै १०५ औँ बैठक भनेर निर्णय गरेको रहेछ। त्यसमा हाम्रो आपत्ती छ।’ साथै एमाले निकट जनप्रतिनिधिहरुले कार्यपालिकाको १०६ औँ बैठक बहिष्कार समेत गरेका छन्।