प्रदेश सभाका चार समितिका सभापतिमा एकल उम्मेदवारी दर्ता

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिमको प्रदेश सभाका चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी परेकोले सभापति पदको चुनाव नहुने भएको छ ।

CP Hospital Dhangadhi

सोमबार राति मुख्यमन्त्री कार्यालयमा भएको गठबन्धनका दलको सहमति अनुसार नै नेपाली कांग्रेसले विधायन तथा प्रदेश मामिला समिति, नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नेकपा (एकीकृत समाजवादी) ले सामाजिक विकास र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएको छ ।

Attariya Hospital

प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीका अनुसार विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसले दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमालेले वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टी घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीले माया पन्तलाई उम्मेदवार बनाएको छ ।

nawajiwan

प्राविधिक समस्या आएन भने चारै जनालाई बुधबार दिउँसो सभापति पदमा निर्विरोध भएको घोषणा गरिने छ ।