कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ

Image
Nisarga Hospital

धनगढी : कैलालीमा प्रहरीका सहायक हवल्दार लागुऔषधसहित पक्राउ परेका छन्। नेपाल प्रहरीको धनगढी गणमा कार्यरत सवारी चालकसमेत रहेको प्रहरी हवल्दार विष्णु चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi

उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको टोलीले सोमवार पक्राउ गरेको हो। उनका साथबाट आठ सय ८० मिलिग्राम लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Attariya Hospital

उनको स्थायी ठेगाना गोदावरी नगरपालिका–५ हो। इलाका प्रहरी कार्यालय, मालाखेतीले सो घटनामा थप अनुसन्धान जारी रहेको जनाएको छ।

nawajiwan