
थारु बाहुल स्थानीयपालिका कैलारी गाउँपालिकामा माघी पर्वमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ ।

कैलारी गाउँपालिकाको पुस २० गतेको बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए ।
































