
बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे उपाधि कैलालीले जितेकाे छ। मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि रक्षा गरेकाे हाे।

जितका लागि पाएकाे २८० रनकाे लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा समेटियो । जसमा खडक बाेहरा र नरेन भट्टले अर्धशतक हिर्काएपनि टाेलीलाई जिताउन सकेनन् । खडक ७४ र नरेन ५९ रनमा आउट भए। कैलालीका कप्तान नारायण जाेशीले ३,शेर मल्ल र धर्म जाेशीले २/२ विकेट हात पारे।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ४० ओभरमा झारिएकाे थियोे ।


टस जितेर ब्याटिङ गरेकाे कैलालीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २७९ रन बनायाे । उसका कप्तान नारायण जाेशीले शतकीय पारी खेल्दै १०१ रन हिर्काए। यस्तै शेर मल्लले ५० रनकाे पारी खेले। बैतडीका खडक बाेहराले ३ र कप्तान वसन्त खत्रीले २ विकेट झारे। नारायण खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर नरेन्द्र भट्टले जानकारी दिनुभयाे ।
विजेता, उपविजेता टाेलीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउँद,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीलगायतले पुरूस्कार वितरण गर्नुभयाे।

पुरूस्कार वितरण तथा समापन समारोहमा बाेल्दै मन्त्री साउँदले सुदूरपश्चिम क्रिकेटको उवर्भुमी रहेकाे बताउदै क्रिकेटकाे विकास तथा खेलाडीकाे हाैसला र प्राेत्साहनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेकाे बताउनुभयो ।
यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट खेलले गर्दा नेपाल विश्वमा चिनिएकाे बताउदै क्रिकेट विकास र पुर्वाधार निर्माणका लागि सरकारकाे खाचाे रहेकाे बताउनुभयो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस ८ गतेदेखि शुरू भएको छनाैट प्रतियोगितामा प्रदेशका शुरू भएको थियोे । प्रतियोगितामा प्रदेशका ८ जिल्लाकाे सहभागीता रहेकाे थियाे।
प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेकाे हाे। गत वर्षको प्रादेशिक छनाैटमा सेमिफाइनल पुगेका बैतडी,अछाम,कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ,डडेल्धुरा र डाेटीले प्लेट च्याम्पियनसिप खेलेका थिए।
प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेकाे थियोे । यस छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ ।






























