डडेल्धुरामा बजार अनुगमन, पाँच हजारको अखाद्य वस्तु बरामद गरी नष्ट

Image
Nisarga Hospital

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले संयुक्त बजार अनुगमन गरेको छ। मंगलबार प्रशासनले जिल्ला सदरमुकामको बगरकोट रोड क्षेत्रमा बजार अनुगमन गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको हो।

Attariya Hospital


बगरकोट रोड क्षेत्रका १३ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको जिल्ला प्रशासनका सूचना अधिकारीसमेत रहेका जोशीले जानकारी दिए। उनका अनुसार संयुक्त बजार अनुगमन टोलीले पाँच हजार रुयैयाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । त्यसमा म्याद नाघेको विस्कुट, चक्लेट, सोडा, साबुन, नमकिन, बदामलगायतका खाद्य वस्तु रहेको उनले बताए ।

nawajiwan

उक्त म्याद नाघेको वस्तुलाई बरामद गरेर नष्ट गरिएको र आगामी दिनमा भेटिएमा व्यापारीहरूलाई कारबाही गर्ने चेतावनी दिइएको प्रशासकीय अधिकृत जोशीले जानकारी दिए। अनुगमन टोलीले पसलहरूलाई सबैले देख्ने गरी मूल्य सूची राख्न तथा होटललाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको उनले बताए।