कैलालीको अत्तरियामा आजदेखी महोत्सब सुरु हुदै, दिउँसो १ बजे उद्घाटन

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियामा आजदेखी सुदूरपश्चिम प्रादेशिक महोत्सब सुरु हुने भएको छ ।

CP Hospital Dhangadhi

आयोजक अत्तरिया उद्योग बाणिज्य संघले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै आजदेखी लाग्ने महोत्सवको तयारी पुरा भएको जनाएको हो ।

nawajiwan

अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव लाग्ने भएको छ । महोत्सवको आज दिउँसो १ बजे कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री विर बहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए ।

उनले आज बिहान ११ बजे महोत्सव स्थलबाट झाँकी सहितको रयाली अत्तरिया बजारमा परिक्रमा गरी पुनः महोत्सव स्थलमा फर्किने र दिउँसो १ बजे महोत्सवको उद्घाटन हुने बताए ।

महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय एवम् स्थानिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुति, थारु सँस्कृति तथा परिकार सहितको मिनी महोत्सव (थारु गाँउ), लामितालमा डुङ्गाको व्यवस्था, चर्खा, बिभिन्न खाले बाल उद्यान सहितका रमाईलो मेलाहरु रहेको अध्यक्ष बोहराले बताएका छन् ।

महोत्सवमा १५० ओटा बिभिन्न खाले स्टलहरु रहेका छन । महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका वस्तु संगै कृषि प्रदर्शनी समेत गरिने भएको छ । आजदेखि शुरु भई माघ ७ गते सम्म सञ्चालन हुने महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको आयोजकले बताएको छ ।

Attariya Hospital

महोत्सवलाई सबैले सभ्य र भव्य रुपमा सफल पारिदिन अध्यक्ष बोहराले आग्रह गरेका छन् । महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ ।

आयोजकले प्रति टिकटको एक रुपैयाँ ब्लड बैंक स्थापनाको लागि रेडक्रसलाई सहयोग गर्ने जनाएको छ । यस्तै महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

जसमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी समुहलाई ११ हजार ११, द्वितीय हुनेलाई ६ हजार १११ र तृतीय हुनेलाई ४ हजार १११ रुपैयाँ दिइने जनाइएको छ । महोत्सवमा प्रस्तुत गरिने स्थानीय नृत्यको पनि उचित पारिश्रमिक दिइने महासचिव खड्काले बताए । उनले महोत्सवमा नृत्य प्रस्तुत गर्नको लागि ६ वटा क्लबसँग सम्झौता गरिएको बताए ।

महोत्सव सभ्य र भब्य रुपमा सफल पार्न सुदुरपश्चिमको सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रलाई समेटिने संघका निबर्तमान अध्यक्ष अशोक देवकोटाले बताए ।

उनले यस क्षेत्रको कला संस्कृतिको प्रचारप्रसार गर्ने गरी महोत्सव सञ्चालन गर्न लागिएको बताए । सुदुरपश्चिमको कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाँको ब्यापार ब्यावसायलाई थप ब्यवसायिकिकरण गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाई रहेको छ ।

८० लाख लगानीमा सञ्चालन हुनलागेको महोत्सवमा करिब दुई लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन हुदैछ ।